नेपाल र यूएईबीचको बाँकी फाइनल खेल आज

काठमाडौँ - एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको फाइनल खेल आज हुँदैछ । सोमबार वर्षाका कारण पूरा हुन नसकेको खेल आज पुनः हुने भएको हो ।
आज ‘रिजर्भ डे’ मा बाँकी खेल खेलाइने नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले इकागजलाई बताए । ‘खेल’ अहिलेकै अवस्थाबाट सुरु हुन्छ,’ पाठकले बताए ।
यसको अर्थ मंगलबार पुनः खेल हुने सम्भावना रहे युएईले २७ ओभर ३ बलमा गुमाएको ९ विकेटबाट ब्याटिङ गर्न आउनेछ । तर मंगलबार पनि पानी पर्ने सम्भावना रहेका कारण खेल पूरा हुनेमा आशंका छ ।
वर्षका कारण खेल प्रभावित भए दुई पटकसम्म सुपर ओभर खेलाएर नतिजा निकाल्ने प्रयास हुनेछ । तर सुपर ओभर पनि सम्भव नभए प्रतियोगिताको वरीयता अर्थात आईसीसीको एकदिवसीय वरीयता अनुसार विजेताको टुंगो लाग्नेछ ।
आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १४ औँ स्थानमा रहँदा यूएई भने १९ औँ स्थानमा छ । वरीयताअनुसार नेपाल नै विजेता घोषित हुनेछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया