आईपीएलः पुछारको दिल्लीले हरायो शीर्ष स्थानको गुजरातलाई

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा तालिकाको पुछारमा रहेको दिल्ली क्यापिटल्सले शीर्ष स्थानको गुजरात टाइटन्सलाई पराजित गरेको छ ।
मंगलबार राति अहमदाबादमा भएको खेलमा दिल्लीले गुजरातलाई ५ रनले पराजित गर्यो । आईपीएलमा दिल्लीले ९ खेलमा तेस्रो जित हात पारेको हो । उसले ६ खेलमा पराजय भोग्दै ६ अंक जोडेको छ । गुजरातको भने यो तेस्रो पराजय हो । उसले ६ खेलमा जित हात पार्दै १२ अंक हात पारेको छ ।
मंगलबार राति १ सय ३१ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २५ रनमात्र जोड्न सक्यो । उसका लागि कप्तान हार्दिक पाण्ड्याले सर्वाधिक ५९ रन बनाए । दिल्लीका लागि खलिल अहमद र इशान्त शर्माले समान २-२ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा १ सय ३० रन बनायो । दिल्लीका लागि अमन हकिम खानले सर्वाधिक ५१ रनको योगदान गरे । गुजरातका लागि मोहम्मद शामीले सर्वाधिक ४ विकेट हात पारे ।
आईपीएलमा आज दुई खेल हुने तालिका रहेको छ । पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सको सामना गर्दा तथा दोस्रो खेल पञ्जाब किंग्स र मुम्बई इन्डियन्सबीच हुनेछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया