एसीसी प्रिमियर कप विजेता क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

काठमाडौँ- एसीसी प्रिमियर कप जितेको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुले जनही ६ लाख रुपैयाँ पाउने भएका छन् । नेपाल सरकारले पुरस्कारस्वरुप खेलाडीहरुलाई जनही ६ लाख दिने भएको हो ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले नेपाली टिमका खेलाडी तथा मुख्य प्रशिक्षकलाई जनही ६ लाख तथा राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख दिने निर्णय गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूनाइटेड अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गर्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो ।
त्यसैगरी, त्रिवि मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आगामी आर्थिक वर्षमा विशेष प्राथमिकतामा राख्ने समेत मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया