प्रहरीकै स्कर्टिङमा रायमाझी काठमाडौँ आउँदै, काठमाडौँ प्रहरीमा आफै उपस्थित हुने

काठमाडौँ- पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेको खबर केही मिडियादेखि सामाजिक सञ्जालसम्म भाइरल छ । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको उनीमाथि आरोप छ ।
बुधबार पक्राउ पुर्जी जारी हुँदा रायमाझी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए । पक्राउ पुर्जी जारी भएको जानकारीसँगै उनले काठमाडौँ आउने प्लेनको टिकट रद्ध गरेका थिए । नक्कली शरणार्थी प्रकरणमा रायमाझी बुधबार राति ९ बजे सभामुख देवराज घिमिरेसँगै काठमाडौँ आउने तयारी भएपनि उनी आएनन् ।
रुपन्देहीका एसपी तथा प्रहरी प्रमुख भीमबहादुर विकका अनुसार रायमाझी पक्राउ परेका छैनन् ।
टोपबहादुरका छोरा सन्दीप रायमाझी बुटवलबाट बुधबार साँझ पक्राउ परेका थिए ।
तर भएको के हो ?
उनी पक्राउ नपरेको साँचो हो । तर रायमाझी प्रहरीकै स्कर्टिङमा काठमाडौँ आउँदैछन् । बुधबार पक्राउ पुर्जी जारी भएपछि बिहीबार बिहान भैरहवा प्रहरीको स्कर्टिङमा काठमाडौँ आउँदै गरेको प्रहरी प्रधान कार्यालयक एक उच्च अधिकारीले इकागजलाई जानकारी दिए । 'उहाँलाई पक्राउ गरिएको छैन । प्रहरीको सहयोगमा रायमाझी गाडीबाटै काठमाडौँ आउँदै हुनुहुन्छ' ती अधिकारीले इकागजसँग भने 'उहाँ काठमाडौँ आएर जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित हुनुहुनेछ ।'
ति अधिकारीका अनुसार अगाडि र पछाडी प्रहरीले स्कर्टिङ गरेको बीचमा आफ्नै गाडिमा रायमाझी काठमाडौँ आउँदैछन् । यो समाचार तयार पार्दासम्म लुम्बिनी प्रदेशबाट क्रस भइसकेको ती प्रहरीले इकागजलाई बताए ।
के सांसदलाई पक्राउ गर्न पाइँदैन ?
सांसद भएकाले उनलाई पक्राउ गर्न गाह्रो भएको ती प्रहरीको भनाइ छ । संसद् चलिरहेको बेलामा सांसदलाई पक्राउ गर्न नमिल्ने ती प्रहरीको तर्क थियो । तर संसद् अधिवेशन चालु नरहेको हुँदा उनलाई पक्राउ गर्न कानुनले बाधा गर्ने थिएन् ।
'संघीय संसदको कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन' संविधानको धारा १०३ को उपधारा ६ मा लेखिएको छ ' तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानून बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ ।'

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

प्रतिक्रिया