नक्कली भुटानी शरणार्थी प्रकरण :
टोपबहादुर रायमाझीलाई खोजिरहेका छौँ, भेट्टाएका छैनौँ : रुपन्देही प्रहरी प्रमुख विक
काठमाडौँ- पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी प्रहरीको खोजी सूचीमा छन् । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको रायमाझीमाथि आरोप छ ।
बुधबार पुर्जी जारी हुँदा रायमाझी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए । पक्राउ पुर्जी जारी भएको जानकारीसँगै उनले काठमाडौँ आउने प्लेनको टिकट क्यान्सिल गरेका थिए ।
नक्कली शरणार्थी प्रकरणमा रायमाझी बुधबार राति ९ बजे सभामुख देवराज घिमिरेसँगै काठमाडौँ आउने तयारी भएपनि उनी आएनन् । प्रहरीले काठमाडौँमा उत्रिनेबित्तिकै पक्राउ गर्ने तयारी गरेको रायमाझीले सूचना पाएपछि टिकट क्यान्सिल गरेका थिए ।
रुपन्देहीका एसपी तथा प्रहरी प्रमुख भीमबहादुर विकले रायमाझीको खोजीकार्य तीब्र रुपमा भएको इकागजलाई जानकारी दिए । 'खोजीकार्य तीब्र रुपमा अगाडि बढेको छ' विकले इकागजसँग भने 'अहिलेसम्म भेटिएको छैन ।'
रायमाझीको मोबाइल पनि अफ छ । उनी भैरहवातिर लुकेको आशंका प्रहरीले गरेको छ । रायमाझीलाई खोज्न प्रहरी प्रधान कार्यालयले सादा पोशाकमा प्रहरी खटाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया