सुदूरपश्चिममा माघीमा विदा नदिइने

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले थारुहरुको सबैभन्दा ठुलो पर्व माघीमा यस वर्ष विदा नदिने भएको छ । प्रदेश सरकार गठन भएयता माघ १ र २ गते प्रदेशभरी माघी पर्वको सार्वजनिक विदा दिँदै आएकोमा यस वर्ष कटौति गरेको हो ।
एक हप्ता अघि सार्वजनिक भएको प्रदेश सरकारको २०८० सालको सार्वजनिक विदा सम्बन्धी सूचनामा प्रदेश सरकारले पाँच वटा पर्वमा विदा दिने निर्णय गरेको उल्लेख छ । चैत २२ गते बसेको मन्त्रीपरिषदको बैठकले प्रदेशमा मनाइने प्रमुख पर्वहरुमा विदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।
सो निर्णय अनुसार प्रदेशभर सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा हुने उल्लेख छ । प्रदेशभर भदौ १ गते ओल्के पर्व, भदौ ८ गते गौरा पर्व शनिवार परेको अवसरमा (थप एक दिन विदा), भदौ ३१ गते थारुहरुको पर्व अतवारी, पुस २६ गते भुवा पर्व र चैत १९ गते खखडेहरा पर्वमा विदा दिने निर्णय गरेको उल्लेख छ ।
सो राजपत्रमा भनिएको छ –‘खण्ड (क) मा तोकिए बमोजिमका विदाको अतिरित्त थप एक दिनको विदा दिनुपर्ने भएमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मन्त्रीस्तरिय निर्णयमार्फत प्रदेश राजपत्रमा सूचना प्रकाशन गरि विदा दिने ।’

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

प्रतिक्रिया