मेयर हमालले धनगढीका सामुदायिक विद्यालयलाई १० लाख बराबरको शैक्षिक सामग्री उपलब्ध गराउने

कैलाली- आधारभूत तह कक्षा ८ को परीक्षामा शून्य नतिजा ल्याउने धनगढी उपमहानगरपालिकाका सामुदायिक विद्यालयलाई चालु शैक्षिक सत्रमा मेयर गोपाल हमालले व्यक्तिगत १० लाख बराबरको शैक्षिक सामग्री दिइने बताएका छन् ।
आज विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूसँग गरिएको अन्तरक्रिया कार्यक्रममा मेयर हमालले आफूले प्राप्त गर्ने सेवा सुविधाको रकमबाट विद्यालयहरूका लागि शैक्षिक सामग्री खरिद गरेर उपलब्ध गराउने बताएका हुन्।
उनले एक वर्षमा पाउने सेवा सुविधाको रकम अपुग भए आफ्नो व्यक्तिगत तर्फबाट भए पनि रकम थप गरेर विद्यालयहरूलाई १० लाख मूल्यका शैक्षिक सामग्री १७ वटै विद्यालयहरूलाई उपलब्ध गराउने जिकिर गरे ।
विद्यालयका प्रधानाध्यापकहरूले शैक्षिक सामग्रीको अभावले पठनपाठनमा समस्या भएको बताएपछि मेयर हमालले विद्यार्थीलाई पठनपाठनमा आवश्यक पर्ने शैक्षिक सामग्री खरिद गरेर दिइने बताए ।
उनले विद्यार्थीहरूलाई विद्यालयमा टिकाउने र राम्रो नतिजा ल्याउन सबै पक्षले लाग्नुपर्ने बताउँदै शैक्षिक सामग्रीको अभावमा पठनपाठन कमजोर हुन नदिन उपमहानगरले सबै किसिमको सहयोग गर्ने उल्लेख गरे ।
धनगढीमा आयोजित १७ विद्यालयसँग गरिएको अन्तरक्रिया कार्यक्रममा आगामी शैक्षिक सत्रमा राम्रो नतिजा ल्याउन र सामुदायिक विद्यालयहरूको सिकाइ उपलब्धि राम्रो बनाउन उपमहानगरले आगामी आर्थिक वर्षमा ठोस योजना र कार्यक्रम ल्याउने बताएका छन् ।

शिक्षक, कर्मचारी र विद्यार्थी सङ्ख्या बराबर

चावहिलको स्टेरवे एजुकेशनल सर्भिसेजले निबन्ध प्रतियोगिता गर्दै

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

अत्यधिक गर्मीले इनरुवा र इटहरीका विद्यालयमा बिदा

गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

प्रतिक्रिया