संसदीय दलको नेताबाट हटाइएका थापा भन्छन्- ‘स्पष्टीकरण नै सोधेनन्’

पोखरा : राष्ट्रिय जनमोर्चा पार्टीले कृष्ण थापालाई गण्डकी संसदीय दलको नेताबाट हटाएको छ । कांग्रेसको नेतृत्वमा सरकार बनाउन हस्ताक्षर गर्न नमानेपछि उनलाई संसदीय दलको नेताबाट हटाइएको अर्की सांसद पियारी थापाले जानकारी दिइन् ।
‘पार्टीले उहाँलाई आज दलको नेताबाट हटाएको छ, बिहानको निर्णय हो,’ उनले भनिन् । प्रदेश सभा सचिवालयमा पार्टीको पत्र दर्ता पनि भइसकेको छ । यस्तै पार्टी महासचिव मनोज भट्टले स्वयं गएर सभामुख नेत्रनाथ अधिकारीलाई यसबारे जानकारी गराएका थिए । दिउँसो २ बजे प्रदेश सभा सचिवालयमा पुगेका भट्ट साढे २ बजे सभामुखकहाँबाट पत्रमा तोक लगाएर फर्केका थिए ।
तर, संसदीय दलका नेताबाट हटाइएका कृष्ण थापा भने अहिले आफ्नो घर बागलुङ जैमिनी पुगिसकेका छन् । आफूलाई कारबाही गर्ने बारे स्पष्टिकरण कसैले पनि नसोधेको उनले बताए । ‘खै मलाई स्पष्टिकरणको बारेमा कसैले सोधेन, कारबाही गर्ने भन्ने त सुनेथेँ मिडियामा,’ उनले भने ।
थापा एकाबिहानै बागलङ हानिएका थिए । उनी हस्ताक्षर गर्न दबाब धेरै आएपछि बागलुङ गएको बताउँछन् । ‘पोखरामा धेरै दबाब दिए, बागलुङको अवस्था बुझ्नु पर्यो नि, म त बिहानै घर आएँ,’ उनले भने । आफूले मंगलबार पार्टी महासचिव मनोज भट्टसँग भेट्दा धेरै दबाब आफूलाई दिइएको बताए ।

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

मुस्ताङको घरपझोङ स्वास्थ्य शिविरमा तीन सय ५३ जना लाभान्वित
जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा डा तिवारी
_LWu4ptiVKj_pauqh44cefajkmvce8yrjuzckcq0tsn78z6nkdkehaleobyjgbhp7ms5rzan_murgrS1pTF_iaqyminplsn8oy5p6c33zacvkqft09oxm4bpefktdknxnxxnu7xnulo83cmh.jpg)
पालिकास्तरीय अस्पताल भवन अलपत्र

उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात

प्रतिक्रिया