पत्रकारिताबारे सांसद बलायरले दिएकाे अभिव्यक्ति सच्याउन महासंघकाे आग्रह

कैलाली- कैलाली क्षेत्र नम्बर ५ का संघीय सांसद तथा नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बिरबहादुर बलायरले पत्रकारिताविरुद्ध सार्वजनिक रूपमा दिएको अभिव्यक्ति सच्याउन महासंघले आग्रह गरेको छ ।
नेपाल पत्रकार महासंघ कैलालीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका बलायरले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै सच्याउन आग्रह गरेको हो ।
महासंघ अध्यक्ष हिमालय जोशीद्वारा जारी गरिएको विज्ञप्तिमा समाचारका विषयलाई लिएर सार्वजनिक मञ्चमा पत्रकारविरुद्ध जिम्मेवार व्यक्तिले दिएको अभिव्यक्तिले पत्रकार र पत्रकारिता क्षेत्रप्रति अपमान गरिएको ठहर रहेको उल्लेख गरिएको छ । अध्यक्ष जोशीले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘समाचारका विषयमा असहमति भए कानुनी बाटो अपनाउने विकल्प हुँदाहुँदै पत्रकारविरुद्ध अभिव्यक्ति दिनु दुःखद हो । त्यसैले यस्ता अभिव्यक्ति सच्याउन महासंघ आग्रह गर्दछ ।’
सांसद बलायरले बिहीबार कैलालीको गोदावरी नगरपालिका–१ को सुरक्षा महिला सामुदायिक वन क्षेत्रमा बिपी स्मृति नेपाली कांग्रेस क्षेत्र नम्बर ४ को पार्टी कार्यालयको शिलान्यास गरेका थिए । सोही विषयमा विभिन्न सञ्चार माध्यममा वन क्षेत्रमा अतिक्रमण गरेर कांग्रेसले पार्टी कार्यालय बनाउन लागेको भन्दै समाचार प्रकाशन तथा प्रशारण भएका थिए । उक्त समाचारपछि बलायरको निकै आलोचना भएको थियो ।
आफूविरुद्ध समाचार लेखिएको भन्दै बलायरले गोदावरी नगरपालिकाकै लामितालमा आयोजित पार्टीको कार्यक्रममा पत्रकारविरुद्ध खनिएका थिए । उनले पितपत्रकारिता गरेमा पत्रकारलाई आफ्ना पार्टीका कार्यकर्ताले तह लगाउने अभिव्यक्ति दिएका थिए ।
र, याे पनि
सामुदायिक वनबाट सुकुम्बासीको घर भत्काएर पार्टीको भवन शिलान्यास

नक्कली महानगर यातायातबाट सक्कली महानगर यातायात हैरान

दलित युवालाई उद्यमी बनाउन सीप सिकाउँदै तमानखोला गाउँपालिका
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_DBRekPsz8y_pxahcm72jdmnhmj4w3e6q8weenhpfhuddtbrmlfmg6meqkm735h8somx5ztv.jpg)
अत्यधिक वर्षा हुन सक्ने चिनियाँ प्रहरीले पठायो खबर, सिन्धुवासीलाई सतर्कता अपन…

गर्मीमा सुन्तलाको जुस पिउँदा पाइनेछ अनेक फाइदा

सिंहलाई रमाइलो यात्राको अवसर जुट्ने, कर्कटलाई भाग्यले साथ दिने

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

प्रतिक्रिया