प्रेसमैत्री कानुन बनाउन सरोकारवालासँगको छलफललाई प्राथमिकता दिनेछु : सभामुख

काठमाडौँ - सभामुख देवराज घिमिरेले विद्यमान सञ्चार कानुनको प्रभावकारी कार्यान्वयन र अब बन्ने कानुन प्रेसमैत्री बनाउन सरोकारवालासँगको छलफललाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आठौँ राष्ट्रिय पत्रकारिता दिवस २०८० को अवसरमा आम श्रमजीवी पत्रकार एवं सञ्चारकर्मीमा शुभकामना व्यक्त गर्दै नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा देखिएको समस्याप्रति चिन्तितसमेत व्यक्त गरेका छन् ।
उनले भनेका छन्, 'समाचारमूलक पहिलो पत्रिका गोरखापत्र प्रकाशनको अवसर पारेर सुरु गरिएको राष्ट्रिय पत्रकारिता दिवस आम श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीका लागि आफ्नै राष्ट्रिय पर्वका रुपमा विकास हुन् सकोस् भन्ने कामना पनि गर्दछु ।'
उनले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा नेपाली पत्रकारिताको जिउँदो इतिहास गोरखापत्रलाई १२३औँ स्थापना दिवसको अवसरमा पनि शुभकामना व्यक्त गरेका छन् ।
उनले नेपालमा लोकतन्त्र, गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारिता क्षेत्रको भूमिका स्मरणीय भएको बताउँदै सबै लोकतान्त्रिक आन्दोलनमा सञ्चार क्षेत्रले खेलेको भूमिकाका कारण संविधानमा नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गरिएको पुनः स्मरण गराएका छन् ।
'आम रुपमा नेपाली पत्रकारिता क्षेत्रले समाजका बेथिति, विसङ्गति तथा विकास, सुशासन र समृद्धिका पक्षमा खेलेको भूमिका बिर्सन सकिँदैन, द्वन्द्व, आन्दोलन, प्राकृतिक विपत्, महामारीका बीचमा पनि नेपाली पत्रकारले सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय छ', सन्देशमा भनिएको छ ।

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

प्रतिक्रिया