महन्थ र महतोले राष्ट्रपति र प्रधानमन्त्री भेटेपछि जसपाको पदाधिकारी बैठक

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) भित्र कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारलाई समर्थन गर्ने कि नयाँ सरकार निर्माणमा सहयोग गर्ने भन्ने विषयमा विवाद चर्किएको छ । जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर ओली नेतृत्वकै सरकारलाई निरन्तरता दिनुपर्ने अडानमा छन् ।
पार्टीको आगामी रणनीति तय गर्न भन्दै अहिले जसपा पदाधिकारी बैठक बसिरहेको छ । बैठकमा संघीय परिषद् अध्यक्ष भट्टराई, अध्यक्षद्वय ठाकुर र यादव तथा वरिष्ठ नेताहरु राजेन्द्र महतो, अशोक राईलगायत सहभागी छन् । ‘शीर्ष नेताहरुको बैठक पार्टी कार्यालयमा बसिरहेको छ,’ डा.भट्टराईका सहयोगी रोशन पोखरेलले भने ।
बैशाख २७ गते प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिँदा भट्टराई–यादव समूहले विपक्षमा मतदान गरेको थियो भने ठाकुर पक्षका सांसद तटस्थ बसेका थिए । यसले पनि जसपा दुई धारमा विभाजित भएको प्रष्ट देखिन्छ ।
पदाधिकारी बैठकअघि अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट गरेका थिए । भेटमा महन्थले गठबन्धनको सरकारका लागि उपेन्द्र यादवले आधिकारिकता दाबी गरेर आए त्यसलाई आधिकारिकता नदिन राष्ट्रपतिसँग आग्रह गरेको बताइएको छ । ‘उहाँहरुबीच खास अरु कुरा के भयो थाहा भएन । तर, उपेन्द्रजी जसपाको तर्फबाट गठबन्धनको सरकारलाई समर्थन लिएर आउनु भयो भने त्यसलाई मान्यता नदिनु होला भन्ने कुरा भएको भनेर अध्यक्षज्यूले हामीलाई भन्नु भएको छ,’ ठाकुर पक्षका एक नेताले इकागजसँग भने ।
_iodjlVg2lU_xm7lpnsqmqvgwyll8jsdg56oskf6pwff06inqp380b1yum0cvhabowj2vfgk_taAF7U2P2x_4jkyfcfb1lgeulf5gnzdmcrwv4fl4zpdvv2brsho4eprs4p0xbfouiv2bdof.jpg)
ऊर्जामन्त्री खड्का चीन प्रस्थान

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

प्रतिक्रिया