जनमोर्चाका सांसद खिमविक्रमले भने, म कुनै गठबन्धनमा छैन

पोखरा : राष्ट्रिय जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले आफू कुनै गठबन्धनमा नलागेको जनाएका छन् । बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा आफ्नो हस्ताक्षर भएको भनेर आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । उक्त गठबन्धनमा नरहेको उनले स्पष्ट पारेका छन् । साथै आफू कुनै गठबन्धनमा नरहेकाे बताएका छन् ।
यसअघि जनमोर्चाकै सांसद कृष्ण थापाले पनि विपक्षी गठबन्धनमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। यता कांग्रेस नेतृत्वको गठबन्धनले आफूहरूको बहुमत रहेको दाबी गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेललाई केही बेरअघि पत्र बुझाएको छ ।

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

मुस्ताङको घरपझोङ स्वास्थ्य शिविरमा तीन सय ५३ जना लाभान्वित
जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा डा तिवारी
_LWu4ptiVKj_pauqh44cefajkmvce8yrjuzckcq0tsn78z6nkdkehaleobyjgbhp7ms5rzan_murgrS1pTF_iaqyminplsn8oy5p6c33zacvkqft09oxm4bpefktdknxnxxnu7xnulo83cmh.jpg)
पालिकास्तरीय अस्पताल भवन अलपत्र

उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात

प्रतिक्रिया