प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ- प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ ।
सभामा अर्थमन्त्री डा. प्रकाशशरण महत नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरूले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको हो । बैठकमा आ.व. २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भइरहेको थियो ।
छलफलकै क्रममा अर्थमन्त्री महत बैठकमा अनुपस्थित भएसँगै बैठक सञ्चालमा प्रतिपक्ष दलका सांसदहरूले अवरोध गरेका हुन् । बैठक स्थगनबारे जानकारी दिँदै सभामुख देवराज घिमिरेले भने, ‘केही प्राविधिक समस्याकाे कारणले अर्थमन्त्रीज्यूको उपस्थिति केही कारणले ढिला भइरहेको हुँदाखेरि १५ मिनेटको लागि यो बैठक स्थगन हुन्छ । त्यस पछाडि फेरि सुचारु हुनेछ ।’
बैठक १५ मिनेट पछि सुचारु हुने सभामुख घिमिरेको भनाइ छ ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया