गण्डकीका मुख्यमन्त्री गुरुङले लिए शपथ

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । गुरुङलाई आजै प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि दिएको ७२ घण्टे समय सीमाभित्र कांग्रेस, माओवादी र जसपासहितको विपक्षी गठबन्धले बहुमत जुटाउन नसकेपछि ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका हुन् ।
उनलाई संविधानको धारा १६८ (३) अनुसार नियुक्त गरेर शपथ ग्रहण गराएकी हुन् । अबगुरुङले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्नेछ ।
पुन:मुख्यमन्त्री बनेका गुरूङले कोभिड कोषमा ४ करोड जम्मा गर्ने पहिलाे निर्णय गरेका छन् ।

देशवासीहरु कुनै पनि नाम र निहुँमा ध्रबीकृत नबनूनः पूर्व राजा शाह ( पूर्ण प…

विश्वकै उत्कृष्ट भूमिमा बाँच्न गाह्रो भयोः ज्ञानेन्द्र शाह

नेपाली जनताको चाहना अनुसार परिणाम हासिल हुन्छः पूर्वराजा शाह

मन्त्रालयमा अझै पुगेनन् दर्ता गर्न फेसबुक, एक्स र इन्स्टाग्राम

शिक्षकको माग पूरा गर्न सरकारको ध्यान जावसः सभापति देउवा

नयाँ सरकार बन्ने दिशातर्फ देश अघि बढ्योः अध्यक्ष दाहाल

गौरादह नगर अस्पतालको शिलान्यास, १२ करोड ५९ लाख खर्च हुने

प्रतिक्रिया