आयरल्यान्डले पनि नेपालसँगै विश्वकप छनोट खेल्नुपर्ने

काठमाडौँ- आयरल्यान्डले पनि नेपालसँगै आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट खेल्नुपर्ने भएको छ । विश्वकप सुपर लिगअन्तर्गत मंगलबार आयरल्यान्ड र बंगलादेशबीचको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेल वर्षाका कारण पूरा हुन सकेन । जसका कारण आयरल्यान्डले जित्नै पर्ने खेलमा बंगलादेशसँग अंक बाड्नुपर्यो ।
अंक बाँडेसँगै आयरल्यान्डले सुपर लिगको शीर्ष आठमा स्थान बनाउन असफल रह्यो । यता आयरल्यान्डले बंगलादेशसँग अंक बाँडेसँगै दक्षिण अफ्रिकाले सुपर लिगको शीर्ष आठमा स्थान बनाउँदै यसै वर्ष भारतमा हुने विश्वकपमा स्थान सुरक्षित गरेको छ ।
आयरल्यान्डले विश्वकपमा स्थान बनाउनका लागि अब जिम्बाब्वेमा जुन १८ देखि जुलाई ९ तारिखसम्म आयोजना हुने विश्वकप छनोट खेल्नुपर्ने भएको छ ।
विश्वकप छनोटमा आयोजक जिम्बाब्वेसँगै वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, नेपाल, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स र अमेरिका रहेका छन् । विश्वकप छनोटबाट दुई टोलीले विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।
विश्वकपमा भने आयोजक भारतसँगै इंग्ल्यान्ड, न्यूजिल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, बंगलादेश, अफगानिस्तान र बंगलादेशले स्थान सुरक्षित गरिसकेका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया