आईपीएलः जैसवाल र चहलको कीर्तिमान

काठमाडौँ- राजस्थान रोयल्सका ब्याट्सम्यान यशस्वी जैसवाल र बलर युजवेन्द्र चहलले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कीर्तिमान कायम गरेका छन् ।
जारी सिजनमा बिहीबार राति इडेन गार्डेनमा भएको खेलमा कलकता नाइट राइटर्सविरुद्ध राजस्थानका जैसवाल र चहलले कीर्तिमान कायम गरेका हुन् ।
जैसवालले आईपीएलकै इतिहासमा सर्वाधिक छिटो अर्धशतक पूरा गरे । कलकताविरुद्ध राजस्थानलाई ९ विकेटको जित दिलाउँदा जैसवालले १३ बलमै अर्धशतक पूरा गरे । यसअघि केएल राहुल र प्याट कमिन्सले समान १४ बलमा अर्धशतक हिर्काएका थिए ।
राजस्थानले १ सय ५० रनको लक्ष्य १३ ओभर १ बलमा पूरा गर्दा जैसवालले ४७ बलमा अविजित ९८ रन बनाउँदा १२ चौका र ५ छक्का हिर्काए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कलकताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । कलकताका लागि भेन्कटेस ऐयरले सर्वाधिक ५७ रन बनाए ।
राजस्थानका युजवेन्द्र चहलले सर्वाधिक ४ विकेट हात पारे । यससँगै चहल आईपीएलमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले १ सय ८४ विकेट हात पारेका छन् । उनले ड्वायन ब्राभोलाई पछि पारेका हुन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया