तीन दलका शीर्ष नेताको भेटवार्ताले आशंका पैदा भयो : मनिष झा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नक्कली भुटानी शरणार्थी प्रकरणउपर छानबिन अगाडि बढिरहेका बेला तीन दलका शीर्ष नेताहरूबीचको भेटवार्ताले आशंका सिर्जना भएको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुकमा कुनै विपद् आउँदा वा अन्तर्राष्ट्रिय विषय हुँदा राजनीतिक दलका शीर्ष नेताहरू भेट्नु स्वाभाविक भए पनि अहिले त्यस्तो अवस्था नरहेको बताए ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएको आरोप लागेका व्यक्तिहरू योजनाबद्ध रूपमा सार्वजनिक हुने मौका पाइरहेको पनि उनले जिकिर गरे । ‘हाम्रो देशमा ठूलो अपराध, देशद्रोही र भ्रष्टाचारको विषय छ । शंकास्पदहरूको नाम आउँछ,’ बैठकमा आकस्मिक समय लिएर उनले भने, ‘उनीहरूले आफ्नो मोबाइल फर्म्याट गर्ने, लुक्ने, समाचार सुल्झाउने र योजनाबद्ध रूपमा सार्वजनिक हुने मौका पाइरहेका छन् । केही त फरार पनि छन् रे । यस्तो किन हुन्छ ?’
भ्रष्टाचारलाई प्रभाव पार्ने व्यवहार र वातावरण हुन नहुने पनि उनले बताए ।

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

प्रतिक्रिया