मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

सांसदहरूले लगाउने पोशाक तय गरेको प्रति सुमना श्रेष्ठले जनाइन् आपत्ति

फाइल तस्बिर

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले प्रतिनिधिसभाले सांसदहरूले लगाउने पोशाक तय गरेको प्रति आपत्ति जनाएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो नियम भ्रष्टाचार र मानव बेचबिखन जस्तो जघन्य अपराधबाट विषयान्तर गर्न ल्याइएको बताइन् । 

उनले यसलाई आफूहरूले सफल हुन नदिने बताउँदै भनिन्, ‘भ्रष्टाचार र मानव बेचबिखनजस्तो जघन्य अपराधबाट विषयान्तर गर्ने यो प्रयासलाई हामी सफल हुन दिने छैनौँ । समय निकै भएकैले होला टि–सर्ट र जिन्समा अड्किनु भएको । प्राथमिकता के हो ? नैतिक प्रहरी बन्ने कि संसदीय समितिहरूको बैठक तय गर्ने ?’

परिवर्तनको मशाल बोक्नेहरूलाई सत्तामा रहेका शासकहरूले दबाउने गरेको उनको भनाइ थियो ।