सरकारका राम्रा कामको समर्थन गर्दा डराउनु हुँदैन : पौडेल
काठमाडौं– सत्तासीन दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले राम्रो काम गर्दा समर्थन गर्न डराउन नहुने टिप्पणी गरेका छन् । माओवादीका सचिवसमेत रहेका पौडेलले सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राम्रो काम गर्दा सरकारलाई समर्थन गर्नुपर्ने बताएका हुन् ।
‘नेपाली नागरिकलाई विदेशी बनाएर अन्य मुलुक पठाउने गम्भीर खालको घटना सार्वजनिक भएको छ । कतिपय माननीयहरूले सरकारको भूमिकामा प्रश्न उठाउनुभएको छ,’ उनले भने, ‘म यसमा सरकारलाई धन्यवाद दिन चाहन्छु । सरकारले राम्रो काम गर्दा सरकारलाई इमानदारिपूर्वक समर्थन गर्न डराउनु हुँदैन ।’
भ्रष्टाचारको विषय सत्तापक्ष र प्रतिपक्षको नभएर देशको साझा विषय भएकाले यसमा सबैले समान धारणा बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
उनले के नेपाल न्याय, कानुन, जवाफदेहिता र जिम्मेवारी नभएको देश हो भदै प्रश्न गरे । नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा आएका बेला अन्य विषय झिकेर विषयान्तर नगर्न उनले आग्रह गरे ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया