देउवा-दाहालबीच बुढानीलकण्ठमा भेटवार्ता जारी

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानीलकण्ठमा पुगेका छन् । उनीहरूबीच केहीबेर अगाडिबाट वार्ता जारी रहेको देउवाको सचिवालयले जनाएको छ ।
चपलीमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ताको हल्ला चलेपछि अध्यक्ष दाहाल देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका हुन् ।
यसअघि जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले देउवालाई बुढानीलकण्ठ पुगेर भेट गरेका थिए । त्यसपछि ठाकुर र महतोले बालुवाटार आएर प्रधानमन्त्री ओलीलाई भेटेर पार्टीमा आफ्नो समूहमा रहेका सांसदहरूलाई भक्तपुरस्थित रिसोर्टमा बोलाएका छन् ।
राष्ट्रपति विद्यादेवी भेण्डारीले बहुमतीय सरकार गठनका लागि दिएको समय सकिन केही घण्टा अघिमात्रै दलीय छलफलले तिव्रता पाएको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया