बोलेरोले ठक्कर दिँदा दुई वर्षीय बालकको ज्यान गयो

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ नमुना चोक भित्रि सडकमा भएको सवारी दुर्घटनामा २ वर्षीय बालकको ज्यान गएको छ ।
हेटौंडा ११ सिमलटारबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ च १५९७ नं. को बोलेरो पिकअप गाडिले सोही स्थानमा बस्ने सुमि डिङ्डुङको २ वर्षीय छोरा समर लोलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका समरलाई हेटौंडा अस्पताल ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । दुर्घटनापछि गाडि र चालक प्रहरीको नियन्त्रणमा लिएको छ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया