‘फर्की फर्की’मा अनमोल र जसिताको जोडी

काठमाडौँ- धेरै पहिले ‘एन्टी हिरो’मा सहकार्य गर्न ठीक्क परेका अनमोल केसी र जसिता गुरुङको जोडी त्योे फिल्म नबनेपछि अपुरै थियो । अब भने निर्माता रोहित अधिकारीले यो जोडीलाई एक साथ पर्दामा उतार्ने भएका छन् । शुक्रबार अनमोललाई औपचारिक रुपमा अनुबन्ध गराउँदै निर्माता अधिकारीले यो जोडीको जुगलबन्दी पक्का गरेका हुन् ।
‘फर्की फर्की’ नाम जुराइएको यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्नेछन् । उनले यसअघि शिल्पा मास्के र आयुष्मान जोशीलाई लिएर ‘सानो मन’ बनाएका थिए ।
यो फिल्मको सुटिङको समय सार्वजनिक भइसकेको छैन तर यो फिल्मको घोषणासँगै अनमोलले अभिनय गर्ने भनेर लामो समय वर्कसपसमेत भएको फिल्म ‘जेरी अन द टप’ भने तत्काल नबन्ने भएको छ । अनमोलले होम प्रडक्सनको फिल्म पनि यही समयमा गर्ने तयारी गरिरहेका छन् । ‘पारस’ र ‘माइतीघर २’लाई थाँती राख्दै निर्माता भुवन केसीले नयाँ प्रेमकथामा फिल्म बनाउने घोषणा गरेका छन् ।
एउटा क्लिन हिटको खोजीमा रहेकी जसितालाई यो फिल्मले राहत दिनेछ । ‘लिली बिली’बाट अभिनय यात्रा सुरु गरेकी जसिताका फिल्म बक्स अफिसमा असफल हुँदै आएका छन् । उनको पछिल्लो रिलिज ‘ज्याकी ः आइ एम ट्वान्टी वन’ले यही इतिहास दोहोर्याएको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया