सरकारको नीति तथा कार्यक्रमलाई कुनै पनि हालतमा समर्थन गर्न सकिँदैन : ओली

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने बताएका छन् ।
अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमले देशलाई अगाडि बढाउन नसक्ने भन्दै तत्काल फिर्ता लिएर उपयुक्त नीति तथा कार्यक्रम फेरि ल्याउन पनि सरकारसँग माग गरे । आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै उनले देशको प्रतिष्ठान बढाउन, देश र जनताका समस्या समाधान गर्न, अर्थतन्त्रलाई ओरालो लाग्नबाट जोगाएर उँभोतिर लाने कुनै कुरामा पनि यो सक्षम नभएकाले अन्य दलहरूले पनि यसलाई स्वीकार गर्न नहुने बताए ।
अध्यक्ष ओलीले सत्तारूढ नेपाली कांग्रेसले पनि देशको अवस्थालाई हेरेर सो नीति तथा कार्यक्रमलाई समर्थन गर्न नहुने जिकिर गरे ।
सरकारले ल्याएको सो नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले संसदबाट पारित गराउन नसक्ने अध्यक्ष ओलीले बताए । उनले आफ्नो ध्यान ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने रहेको पनि दोहोर्याए ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया