लियोनार्दोको नयाँ फिल्मलाई कानमा ९ मिनेटको ताली

फ्रान्स - मार्टिन स्कोरसी र लियोनार्दो डिकाप्रियोको जोडी फिल्म बनाउने मामलामा सधैँ सफल मानिन्छ । मार्टिन स्कोरसीले निर्देशन गरेका र लियोले अभिनय गरेका फिल्म बक्स अफिस र समीक्षक दुवैको नजरमा अब्बल ठहरिएका छन् । निर्देशक कलाकारको यो जोडी फेरि एक पटक ‘किलर अफ दि फ्वावर मुन’ फिल्ममार्फत दर्शकसामु आउँदैछ । तर रिलिजपूर्व नै यो फिल्मले अनेक शीर्षकमा चर्चा पाइरहेको छ ।
सबैभन्दा पहिला त यो फिल्मको लम्बाइलाई लिएर चर्चा सुरु भएको थियो । सर्वप्रथम यसको समाचार आउँदा यसको लम्बाइ ४ घन्टा भएको बताइएको थियो । तर पछि यसको लम्बाइ साढे ३ घन्टा बनाइयो । फिल्ममा रबर्ट डी निरो र लियोनार्दो हुँदा चर्चा त हुने नै भयो । अहिले यही साढे ३ घन्टाको लम्बाइसहित कान पुगेको फिल्मले ९ मिनेट लामो स्ट्यान्डिङ ओभेसन पाएको छ ।
शनिबार स्क्रिनिङ भएको फिल्मलाई दर्शकले ९ मिनेटसम्म ताली बजाएर उत्कृष्ट रहेको सन्देश दिएका थिए । फिल्ममा लियो र रबर्टको उपस्थितिमा पनि लिली ग्लाडस्टोनले अभिनयबाट सबैको मन जितेको खबर छ । फिल्मपछि उनको अभिनयका लागि पनि दर्शकले गडगडाहट तालीले अनुमोदन गरेका थिए । उनले आउँदो दिनमा ओस्कारका लागि पनि क्याम्पेन गर्ने जनाएकी छिन् ।
फिल्मले आदिवासी जनजातिको शृंखलावद्ध हत्याको कथा प्रस्तुत गर्छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया