प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १० हजार नाघ्यो

विराटनगर : बुधवारसम्म तीन अङकले वृद्धि भइरहेको कोभिड १९ संक्रमितको संख्या विहीवारदेखि चार अंकमा पगुेको छ । जसका कारण प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १० हजार नाघेको छ । प्रदेश समाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा अहिलेसम्म कोभिडका सक्रिय संक्रमितको संख्या १० हजार ६ सय १४ पुगेको छ । प्रदेशमा बिहीबार मात्र १ हजार ३९ जना कोरोना संक्रमित थपिए ।
यो संख्या अहिलेसम्मकै उच्च हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४१ हजार ८५६ पुगेको छ । संक्रमित भएकामध्ये ३० हजार ६२७ संक्रमणमुक्त भएका छन् । यो प्रदेशमा ६ सय १५ जनाको ज्यान कोभिडका कारणले गएको छ ।
प्रदेश १ मा पर्ने तराईका जिल्लामा संक्रमितको संख्या अत्यधिक छ भने पहाडी र हिमाली जिल्लाहरुमा समेत संक्रमित देखिएका छन् । तराईका मोरङ, सुनसरी, झापा लगाएतका जिल्लाहरुमा कोभिड संक्रमण व्यापक रुपमा देखिएको छ । संक्रमितको संख्या ग्रामीण क्षेत्रमा भन्दा बजार क्षेत्रमा धेरै छ ।
यी जिल्लामा कोभिड संक्रमितहरुको उपचार गरी रहेका सरकारी तथा निजि अस्पतालहरुका बेड बिरामीले भरिएका छन् । पहाडी जिल्लाहरु ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर, इलाम, पाँचथर, तेह्रथुम, खोटाङ र ओखलढुंगामा समेत संक्रमितहरु थपिरहेका छन् । प्रदेश १ मा बैशाखको पहिलो सातावाट संक्रमण बढ्न थालेको हो । वैशाख १ गतेसम्म यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३० हजार ५१६ जना रहेको थियो ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_8zoUKedmXU_dpojbthojefeqqst3sblsupl4nzfxwutlxpf7ds28rkmxq6m4pnzykltpb5m.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया