बागमती प्रदेश महिला फुटबल : उपाधिका लागि सिन्धुली र काठमाडौं भिड्ने
मकवानपुर । बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिताको उपाधिका लागि सिन्धुली र काठमाडौं जिल्लाबीच भिडन्त हुने भएको छ । हेटौँडा–६ स्थित गौरिटार रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा नुवाकोटलाई ३–० गोलअन्तरले पराजित गर्दै सिन्धुली फाइनल प्रवेश गरेको हो भने काठमाडौंले चितवनलाई २–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
फाइनल खेल भोलि बिहीबार दिउँसो २ बजे गौरिटार रंगशालामा हुनेछ । सिन्धुलीलाई सहज जित दिलाउने क्रममा रचना लोले चौथो मिनेटमा र सोनिका परियारले आठौं मिनेटमा गोल गरिन् । पहिलो हाफमा २–० गोलअन्तरले अगाडि रहेको सिन्धुलीले दोस्रो हाफमा थप एक गोल गर्यो । सिन्धुलीका लागि वितिसा बम्जनले ५६औं मिनेटमा तेस्रो गोल गरिन् ।
आज बुधबार नै भएको दोस्रो सेमिफाइनल खेलमा काठमाडौंले चितवनलाई पराजित गरेको हो ।
काठमाडौंका खेलाडीले ३० औं मिनेटमा प्रहार गरेको बल चितवनकी एलिना तामाङले बचाउन खोज्दा डिफ्लेक्ट भई गोलमा परिणत हुँदा चितवन १ गोलले पछि परेको थियो । दोस्रो हाफमा काठमाडौंका लागि सरस्वती ऐरले गोल गर्दै २–० को नतिजा निकालेको हो । पहिलो सेमिफाइनल खेलमा सिन्धुलीकी रेनुका जर्घा मगर र दोस्रो सेमिफाइनल खेलमा काठमाडौंकी सुजिता घलान प्लेयर अफ द म्याच घोषित भइन् । महिला फुटबलमा ललितपुर, सिन्धुपाल्चोक, रसुवा र दोलखा जिल्ला महिला फुटबलमा सहभागी छैनन् ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया