बागमतीलाई कृषिमा अब्बल बनाउन सांसदहरूकाे सुझाव

मकवानपुर । बागमती प्रदेशका सांसदहरूले प्रदेशको १३ वटै जिल्लालाई समेटिने गरी कृषि उत्पादन, फलफूल, मौसमी तरकारी खेतीलाई आत्मनिर्भर तुल्याउन दीर्घकालीन गुरुयोजना तर्जुमा गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरूले विनियोजित बजेटको सिन्द्धान्तलाई केवल प्रचारमूखी मात्र नगरी जनताको जीवन स्तरलाई माथि उठाउन सक्ने बजेट निर्माण गर्नुपर्नेमा जोड दिए ।
बागमती प्रदेश सभाको बुधबारकाे बैठकमा विनियोजित विधेयक माथि छलफलमा यस्ताे विषय उठेकाे हाे । बुधबार बसेकाे दोस्राे अधिवेशनकाे दोस्राे वैठकमा विनियोजित विधेयक २०८०/०८१ को सिद्धान्त र प्राथमिकतामा दफाबारे छलफल भएकाे हाे ।
उनीहरूले ग्रामीण बस्तीमा विद्युतीकरण, खानेपानी, कृषि सडक, स्वास्थ्य चौकीको निर्माण गर्न र शैक्षिक गुणस्तरीय दक्ष जनशक्ति उपलब्ध गराउने, सुकुम्बासी र अवस्थित बसोवासीहरूलाई लालपुर्जा, रोजगारीको अवसर र विपन्न कृषकहरूलाई अनुदान, पशुपालन, कृषि उत्पादनको लागि ऋण उपलब्ध गराउन पनि सरकारले छुट्टै कार्यक्रम ल्याउनुपर्ने बताए । यस्तै प्रदेशको १३ जिल्लाको ११९ वटै स्थानीय निकायलाई अझ प्रभावकारी ढंगबाट परिचालन गरी सर्वसाधारणहरूलाई सेवा सुविधा सहज ढंगबाट उपलब्ध गराउनेखालको बजेट निर्माण गर्न सुझाव दिएका छन् ।
बुधबारकाे बैठका शुन्य समय नरहेकाे जानकारी दिदै सभामुख सानु कुमार पाठकले विशेष समयकाे प्रारम्भ भएकाे घाेषणा गरि विनियोजित विधेयक २०८०।०८१ को सिद्धान्त र प्राथमिकतामा दफाबार छलफल भएकाे जानकारी गराएका थिए । उक्त विधेयक मंगलबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङले प्रदेश सरकारको तर्फबाट दफावार छलफल गरियोस् भन्ने प्रस्ताव टेबुल गरेका थिए ।
बैठकमा विनियोजित विधेयक माथि कृष्णप्रसाद सिलवाल, तारानाथ श्रेष्ठ, मायादेवी शर्मा, आनन्द मोहन श्रेष्ठ, कुमारी तामाङ, डा. दिनेशचन्द्र देवकोटा, भरतबहादुर केसी, रामप्रसाद ढुंगानालगायतका सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
यस्तै सभामुख पाठकले विशेष समय सकिएकाे घाेषणा गर्दै कार्य व्यवस्था परामर्श समितिका सदस्य प्रदेश सांसद रामकृष्ण चित्रकार मन्त्री नियुक्ति भएकाले उनकाे ठाउँमा श्रीराम लामिछानेलाई र कुमारी तामाङ र गिरी बहादुर तामाङलाई कार्य व्यवस्था परामर्श समितिकाे सदस्यमा मनाेनयन गरेका थिए । पाठकले कार्य व्यवस्था परामर्श समितिमा भएकाे हेरफेर तथा नयाँ सदस्य मनोनयनमा सहमति जनाउन अनुराेध गरेका थिए । उक्त मनोनयनमा संसदले सहमति जनाएका थिए ।
प्रदेश सभाको अर्को बैठक जेष्ठ ११ गते बिहीबार बिहान ८ बजे बस्ने गरी बुधबारकाे बैठक स्थगीत भएकाे प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईँले जानकारी दिइन् । विहीबारकाे बैठकमा विनियोजित विधेयक २०८०/०८१ को सिद्धान्त र प्राथमिकतामा सम्बन्धमा कर प्रस्ताव बाहेकका बाँकी विषयमा छलफल हुने चापागाईले संसदमा जानकारी गराइन् ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया