मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

शपथअघि र शपथपछि (तस्बिरहरू)

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओलीले राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी थिए।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न समय दिइएको थियो । तर, तोकिएमो समयभित्र बहुमतिय आधारमा प्रधानमन्त्रीको दावी नपरेपछि राष्ट्रपतिले ठूलो दलको संसदीय दलको नेताको हैसियतले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । 

त्यस्तै शुक्रबार नै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उहाले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरे । एमाले अध्यक्षसमेत रहेका ओलीले यसअघि क्याबिनेटमा रहेका सबैलाई मन्त्री बनाएका छन् । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति र राज्यमन्त्रीहरुले प्रधानमन्त्री समक्ष सपथ लिएका छन् ।

हेर्नुहोस् तस्बिरहरू :