सरकारविरुद्ध खर्चिने शक्ति महामारी नियन्त्रणमा उपयोग गर्न प्रधानमन्त्री ओलीकाे आह्वान

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा ३ हजार क्षमताको मुख्य हलसहित निर्माण गरिएको अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् । ४२औँ प्रधानमन्त्रीको शपथ लिएलगत्तै उनले सकारात्मक सन्देश दिने उद्देश्यले मुलुककै ठूलो सम्मेलन केन्द्रको भर्चुअल उद्घाटन गरेका हुन् । उद्घाटनबाट पहिलो सार्वजनिक समारोहमा सम्बोधन गर्दै उनले भने, 'कोरोना नियन्त्रणको लागि सरकारले निरन्तर काम गरिरहेको भए पनि ती प्रयासहरूलाई ओझेलमा पार्न खोजिएको छ ।'
आफू दाेस्रो पटक प्रधामन्त्री भएपछि नै निर्माण थालिएको उक्त भवनको उद्घाटन गर्न पाएको र आफ्नो कार्यकालमा यसरी काम भएको सन्देश दिन पाएको भन्दै खुसी समेत व्यक्त गरे । एउटै हलमा एकै पटक ३ हजार मानिस बसेर सभा तथा सम्मेलन गर्न सक्ने मुलुककै पहिलो अत्याधुनिक भवन हो । ‘गोदावरी सनराइज’ नाम दिइएको उक्त आधुनिक र प्रविधियुक्त यो केन्द्र निर्माणमा कोभिडको प्रभावमा परेपनि तोकिएको समयमा सम्पन्न भएको हो ।
केहीले हिलाे छेप्ने काम गरेको भए पनि काम भइरहेकाे उनले बताए । मुलुककै ठूलाे सभाहलकाे उद्घाटनमा उनले भने, 'काम नै भएका छैनन् भन्नेहरूलाई यो जवाफ पनि हो ।' महामारीमा पनि सरकारले राम्राेसँग काम गरिरहेको र बेड व्यवस्थापन देखि अक्सिजनको व्यवस्था समेत गरिरहेको भए पनि यहाँ अनेकन कुरा भइरहेकाे उनले त्यहाँ बताए । उनले कोभिड-१९ रोकथाम तथा उपचारमा स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा कसैले भ्रष्टाचार गर्छ भने सरकारले नछाड्ने पनि बताए ।
सरकारले केही गरेन भनेर विपक्षीको आरोपलाई सभाहल उद्घाटनले खण्डन गरेको पनि उनले भने, 'मेरो पालामा सुरु भएर मेरै पालामा सकिएको परियोजना हो । यस्तै धरहरा नै हेर्नू । अन्य कैयन छन् तर यहाँ नकारात्मक कुरा मात्र गरिन्छ ।' अस्थिरता चाहने, मुलुकमा शान्ति देख्न नचाहने, संविधान र कानून बमोजिम देश चल्ने कुरालाई आफ्ना स्वार्थमा जिद्दी गर्ने तत्वहरुले सधै प्रतिगमन देखेको पनि उनले बताए । ‘कोही-कोही सरकारलाई नक्कली क्रान्तिकारी चश्माबाट सधैँ हेर्छन् र प्रतिगमन भएको भन्छन्,’ उनले दाहाललाई कटाक्ष गरे ।
प्रधानमन्त्री ओलीले सबै राजनीतिक पार्टीहरूलाई आव्हान गर्दै भने, 'सरकारलाई सेक्न खर्चिने शक्ति महामारी नियन्त्रणमा जुट्न उपयोग गर्नू' । उनले करिब ३ हजार क्षमताको सम्मेलन केन्द्र ८१ करोड ६ लाख लागतमा उदाउँदो सूर्यको आकृतिमा बनाइएको भवनभित्र २ वटा भीभीआईपी कक्ष छन् । सम्मेलन केन्द्र अन्तर्राष्ट्रिय विमानस्थलबाट १५.८ किलोमिटर र चक्रपथबाट ९.५ किलोमिटर दूरीमा रहेको छ ।
आरम्भमा रुख कटान र पुराना घर-टहरा सार्न पर्ने कारण केही अलमल र ढिलाइ भएको भवन विभागले जनाए पनि त्यसपछिका दिनमा यसका काम लगातार अघि बढेको हो । प्रधानमन्त्री ओलीले सम्मेलन केन्द्र विहान उद्घाटन गर्ने तयारी रहेको भए पनि शपथको कारण दिउँसो सरेको थियो । २०७६ भदौमा भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलन आयोजना गर्न सरकारलाई समस्या परेपछि सभाहल बनाउने निर्णय ओलीले लिएका थिए ।
अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी, सभा र सम्मेलन तथा कार्यक्रम गर्न मिल्ने हलको अभाव नहोस भन्दै ०७६ कात्तिकमा मन्त्रिपरिषद् बैठकले विशेष निर्णयले यो सभाहल निर्माणकाे कार्य अघि बढेको हो । सहरी विकास तथा भवन निर्माण विभागले टेन्डर आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको र यो महामारीको बीचमा पनि केसी समानान्तर जेभीले समयमा नै भावन निर्माण गरेको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया