नेपाललाई सहयोग गर्न मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघ संस्थालाई देउवाको आह्वान
काठमाडौँ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडबाट आक्रान्त नेपाललायृ सहयोग गर्न आह्वान गरेका छन् । आज एक विज्ञप्ति जारी गरी सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार महामारी नियन्त्रण गर्न गम्भीर र जिम्मेवार नबनेको आरोप लगाउँदै यस्तो आह्वान गरेका हुन् ।
‘कोभिड—१९ को संक्रमणले उग्र रुप लिइरहेको छ । देशभरिका अस्पतालहरूमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सीजन, भेन्टीलेटर सहितका आईसीयु बेड र औषधीको नितान्त अभाव भई सकेको छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सुदूरपश्चिमलगायतका दुर्गम स्थानहरु र देशभरिमा नै अक्सिजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको छ । सरकार यस विषयमा अहिलेसम्म पनि गम्भीर र जिम्मेवार देखिएको छैन ।’
उनले सरकारलाई भविष्यमा आउनसक्ने संकटलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न पनि आग्रह गरेका छन् । ‘म सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सीजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सीजन, आईसीयू बेड, खोप लगायतका औषधीको व्यवस्था गर्न माग गर्दछु,’ देउवाले भनेका छन्, ‘यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गरिदिन हुन पनि अपील गर्दछु ।’
देउवाले कांग्रेसका नेता कार्यकर्तालाई स्वास्थ्य मापदण्ड पालना गरेर संकटमा परेकालाई सहयोग गर्न पनि अपील गरेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया