कस्तो रहला आजको मौसम ?

काठमाडौँ : शनिबार देशभरको मौसम सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार हाल पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण बदली हुने देखिएको हो । देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि भू-भागहरूमा भने सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ र बांकी भु-भागहरूमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली रहेने छ। प्रदेश नं १ का पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया