महानगरले काठमाडौँ प्लाजामा सस्तो दरमा खाजा खुवाउने चमेना गृह सञ्चालक खोज्यो

काठमाडौँ- काठमाडौँ महानगरले काठमाडौँ प्लाजामा चमेना गृह सञ्चालन गर्नका लागि सस्तो दरमा खाजाको रेट पेश गर्न आग्रह गरेको छ । कार्यालयका कर्मचारी तथा सेवाग्राहीहरूलाई शुद्ध, सफा, ताजा खाना तथा खाजा सुलभ मूल्यमा खाजा खुवाउन दररेट पेश गर्न र मूल्यमा प्रतिष्पर्धा गर्नुपर्ने भएकाले महानगरले इच्छुकलाई आव्हान गरेको छ ।
सूचना प्रकाशित भएको १५ दिन भित्रमा प्रशासन विभागबाट मेनुको दररेट लिएर प्रशासन विभागमा बुझाउनु पर्नेछ ।
‘दररेटलाई विश्लेषण गरी मेनुको दर कायम भए पश्चात चमेना गृह सञ्चालनका लागि सार्वजनिक सूचना प्रकाशित गरेर प्रतिस्पर्धा गरी सञ्चालकको छनोट गरिनेछ,’ महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया