आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

लेस्टर सिटीले जित्यो एफए कप उपाधि

काठमाडौँ : चेल्सीलाई हराउँदै लेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राती भएको फाइनलमा चेल्सीलाई १-० गोलले हराउँदै लेस्टरले पहिलोपटक उपाधि उचालेको हो ।

लेस्टरलाई उपाधि जिताउन एक मात्रै गोल युरी टेलिमान्सले गरे । उनले खेलको ६३ औँ मिनेटमा गोल गरेका हुन् ।