आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ।

संघीय संसद्‌ भवन, बानेश्वरमा सो बैठक बस्नेछ । बैठक बिहीबार बिहान ११ बजे शुरु हुनेछ । 

बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको सामान्य छलफल जारी रहनेछ।

सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले धारणा राख्ने क्रम जारी रहेकाले बिहिवार पनि छलफल जारी रहने भएको हो ।