प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ– प्रतिनिधि सभाकाे शुक्रबारकाे बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
मन्त्री बैठकमा उपस्थित नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नियमापत्ति गरेकी थिइन् । त्यसलगत्तै सो पार्टीका सांसदहरूले उठेर अवरोध सृजना गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
सांसद श्रेष्ठले बैठकमा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने नियम उल्लंघन भएकाले नियमापत्ति गर्नु परेको बताएकी थिइन् ।
उनले भनिन्, ‘सम्माननीय सभामुख महोदय, हाम्रो प्रतिनिधिसभाको नियमावलीमा नियम ६, उपनियम ५ मा बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ । र, कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्रीसमेत अनिवार्य उपस्थित हुनुपर्छ भन्ने छ । मलाई थाहा छ । हाम्रो फाइनान्स मिनिष्टर अर्को हाउसमा हुनुहुन्छ भनेर । तर, यहाँ यत्रा प्रिपियर गरेर प्रश्नहरू सोध्दाखेरी उहाँ नभइदिँदाखेरी अर्को एउटा नियम छ १४२ । जहाँ उहाँले छलफलमा आएको प्रश्नको जवाफ दिनुपर्छ । त्यो नियमको चाँही उल्लंघन भयो सभामुख महोदय । त्यसकारण नियमापत्ति गरेको हुँ ।’
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बोल्ने कार्यसूची थियो ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया