स्थगित प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ- स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित भएपछि १५ मिनेटका लागि सथगित गरिएको प्रतिनिधिसभा बैठक सुरु भएको हो ।
संघीय संसदको दुवै सदनमा अर्थमन्त्री डा प्रशारण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आय र व्ययको अनुमानित विवरणमाथि छलफल चलिरहेको छ ।
राष्ट्रिय सभामा छलफलमा क्रममा सदस्यहरूले उठाएका प्रश्नको अर्थमन्त्री महतले शुक्रबार जवाफ दिने कार्यक्रमअनुसार उनी प्रतिनिधिसभामा अनुपस्थित भए । जसलाई रास्वपा सांसद सुमना श्रेष्ठले नियमापत्ति जनाएपछि प्रतिनिधिसभा बैठक शुक्रबार नै बस्ने गरी १५ मिनेटका लागि स्थगित गरिएको थियो ।
स्थगित प्रतिनिधिसभा बैठक सुरु भएको छ र उक्त विवरणमाथिको छलफलमा रास्वपा सांसद स्वर्णिम वाग्ले सहभागी भएका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया