जिल्ला निर्वाचन कार्यालय आवश्यक छ : रामहरि खतिवडा
काठमाडौँ– कांग्रेस सांसद रामहरि खतिवडाले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न सरकारसँग अनुरोध गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा चलिरहेको बजेटमाथिको छलफलमा बोल्दै उनले जिल्ला निर्वाचन कार्यालय खारेन नगर्न माग गरेका हुन् ।
‘तपाईँले धेरै कार्यालय खारेजको रूपमा लानुभएको छ,’ सांसद खतिवडाले भने, ‘स्वागतयोग्य नै छ धेरै कुरा । तर निर्वाचन कार्यालय स्वतन्त्र निर्वाचन आयोग संवैधानिक आयोग भएकाले जिल्लामा पनि आवश्यक पर्छ । सिडियोको मातहत गराएको चुनाव त्यति निष्पक्ष हुँदैन । जो सरकारमा हुन्छ, सिडियो सरकारप्रति लोयल हुने हुँदा स्थानीय तहमा हुने निर्वाचन कार्यालय आफैँ स्वतन्त्र भएर रहनुपर्छ ।’
सांसद खतिवडाले अर्थमन्त्री प्रकाशशरण महतले यसबारे प्रष्ट पार्नुपर्ने समेत बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया