अर्थमन्त्रीलाई पौडेलको प्रश्न : यहाँ उठेका विषयलाई बजेटमा कसरी समावेश गर्नुहुन्छ ?

काठमाडौँ– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अर्थमन्त्रीलाई आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा संसदमा उठेका विषयलाई कसरी समावेश गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै पौडेलले अर्थमन्त्री प्रकाशशरण महतसँग संसदमा उठेका विषयहरू कसरी बजेटमा समावेश गर्नुहुन्छ भन्दै स्पष्टीकरण मागे ।
‘केही दिनअघि नीति तथा कार्यक्रमको विषयमा संसदमा छलफल हुँदै गर्दा सम्माननीय प्रधानमन्त्रीज्यूले नीति तथा कार्यक्रममा उठेका विषयलाई बजेटमा समावेश गरिने छ भनेर भन्नुभएको थियो,’ उनले सोधे, ‘म सुरुमै अर्थमन्त्रीज्यूलाई सोध्न चाहन्छु– हामीले छलफलका क्रममा उठाएका विषयहरूलाई तपाईंले कसरी बजेटमा समावेश गुर्नहुन्छ ?’
सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि गत जेठ १५ गते बजेट प्रस्तुत गरेको थियो । गत सोमबारदेखि संसदमा बजेटमाथि छलफल चलिरहेको छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया