अस्ट्रेलियासँग पराजित भएपछि रोहितको प्रश्न, ‘टेस्ट च्याम्पियनसीपको फाइनल आईपीएलपछि मात्र किन ?’

काठमाडौँ- लगातार दोस्रो पटक पराजित भएपछि भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले आईसीसी विश्व टेस्ट च्याम्पियनसीपको फाइनल इन्डियन प्रिमियर लिग (आईपीएल) पछि मात्र राखिएको प्रति आपत्ति जनाएका छन् ।
उनले च्याम्पियनसीपको फाइनल आईपीएलको फाइनलपछि मात्रै किन राखिएको तथा उनले जुन महिनाबाहेक अन्य महिनामा किन नराखिएको भन्दै प्रश्न गरेका क्रिकइन्फोले जनाएको छ ।
आइतबार इंग्ल्यान्डको ओभलमा सम्पन्न च्याम्पियनसीपको फाइनलमा अस्ट्रेलियाले भारतलाई २ सय ९ रनले पराजित गरेको थियो । त्यसअघि सन् २०२१ मा इंग्ल्यान्डकै साउथाम्पटनमा जुन महिनामा भएको फाइनलमा न्यूजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको थियो ।
रोहितले च्याम्पियनसीपको फाइनल खेल इंग्ल्यान्डमा मात्र खेलाएकोमा पनि प्रश्न तेर्स्याए । उनले च्याम्पियनसीपको फाइनल अन्य देशमा पनि खेलाउन सकिने बताए ।
उनले टेस्ट च्याम्पियनसीपको फाइनल जुन महिनाबाहेक अन्य महिना तथा इंग्ल्यान्डबाहेक अन्य देशमा पनि खेलाउन सकिने धारणा राखेका छन् ।
सन् २०२५ को टेस्ट च्याम्पियनसीपको फाइनल पनि इंग्ल्यान्डको लर्ड्समा खेलाइने तालिका रहेको छ ।
रोहितले आईपीएल लगतै इंग्ल्यान्ड आउँदा वातावरणमा घुलमिल हुन समय लाग्ने तथा फाइनल अघि तयारीका लागि पर्याप्त समय छुट्याइनुपर्ने बताए ।
त्यसका अलावा उनले च्याम्पियनसीपको फाइनल विजेताको टुंगो तीन खेलको सिरिजबाट लगाइनुपर्ने धारणा समेत राखे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया