टेस्ट च्याम्पियनसीपको फाइनल खेलेका भारत र अस्ट्रेलियालाई जरिवाना

काठमाडौँ- आईसीसी विश्व टेस्ट च्याम्पियनसीपको फाइनल खेलेका भारत र अस्ट्रेलियालाई जरिवाना गरिएको छ । इंग्ल्यान्डको ओभलमा आइतबार सम्पन्न भारत र अस्ट्रेलियाबीचको खेलका क्रममा ‘स्लो ओभर-रेट्स’ कायम गरेको भन्दै दुबै टिमलाई जरिवाना गरिएको आईसीसीले जनाएको छ ।
भारतलाई ‘म्याच-फी’ को शतप्रतिशत तथा अस्ट्रेलियालाई ‘म्याच-फी’ को ८० प्रतिशत जरिवाना गरिएको छ । भारतले निर्धारित समयमा पाँच ओभर कम फालेको तथा अस्ट्रेलियाले चार ओभर कम फालेको ठहर गरिएको छ ।
भारतीय कप्तान रोहित शर्मा र अस्ट्रेलियन कप्तान प्याट कमिन्सले गल्ति स्विकार गरेका छन् ।
यता आईसीसीको नियम तोडेको भन्दै भारतीय ब्याट्सम्यान शुवमन गिललाई ‘म्याच फि’ को १५ प्रतिशत जरिवाना गरिएको छ । उनले अन्तर्राष्ट्रिय खेललाई लिएर सार्वजनिक रुपमा गरेको आलोचनाका कारण जरिवाना गरिएको आईसीसीले जनाएको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया