विश्वकप छनोट : नेपालले भोलि युएईसँग अभ्यास खेल खेल्दै

काठमाडौँ- जिम्बाब्वेमा हुने आईसीसी क्रिकेट विश्वकप छनोट खेल्न लागेको नेपाली क्रिकेट टिमले आफ्नो पहिलो अभ्यास खेलमा भोलि युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्दैछ । नेपाल र यूएईबीचको खेल जिम्बावेको ओल्ड हरारियन स्पोर्ट्स क्लबमा नेपाली समय अनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ ।
नेपालले विश्वकप छनोटअघि २ अभ्यास खेल खेल्दैछ । यूएईपछि दोस्रो अभ्यास खेलमा नेपालले बिहीबार ओमानको सामना गर्नेछ ।
विश्वकप छनोट खेल्न जिम्बाब्वे जानुभन्दा अगाडि नेपालले दक्षिण अफ्रिकाको भ्रमणमा गरेको थियो । दक्षिण अफ्रिकाको भ्रमणमा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेलेको थियो । नेपालले दुवै खेलमा हार बेहोरेको थियो ।
जिम्बाब्वेमा आयोजना हुने विश्वकप छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । नेपाल समूह 'ए' मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बाब्वे, अमेरिका, वेस्ट इन्डिज र नेदरल्यान्ड्स रहेका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया