एसिया कप : नेपालले भोलि पाकिस्तानविरुद्ध खेल्ने

काठमाडौँ- हङकङमा आज (साेमबार) बाट सुरु भएको एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले भोलि पाकिस्तान ‘ए’ को सामना गर्ने भएको छ । समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तानबीचको खेल टिन क्वोन रोड रिक्रियसन ग्राउन्डमा नेपाली समयअनुसार विहान ६:४५ बजेबाट सुरु हुनेछ ।
समूह ‘ए’ मा नेपाल र पाकिस्तान ‘ए’ सँगै आयोजक हङकङ र भारत ‘ए’ टिम रहेका छन् । समूह ‘बी’ मा भने बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, यूएई र मलेसिया रहेका छन् ।
समूह ‘बी’ अन्तर्गत सोमबार भएको खेलमा बंगलादेशले मलेसियालाई ९७ रन तथा श्रीलंकाले यूएईलाई ३ विकेटले पराजित गरेका छन् ।
नेपालले दोस्रो खेल भारतविरुद्ध जुन १५ तथा तेस्रो खेल हङकङविरुद्ध जुन १७ मा खेल्ने तालिका रहेको छ ।
समूह चरणको खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल जुन २१ मा हुने तालिका रहेको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया