प्रधानमन्त्रीलाई पुनः शपथ गराउन जसपाको माग

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्रीलाई पुनः शपथ ग्रहण गराउन माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गर्ने क्रममा राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुर्याएको भन्दै जसपाले तीन बुँदे ध्यानाकर्षण पत्र जारी गरेकाे हाे।
जसपाका अध्यक्ष उपेन्द्र यादवले वक्तव्य जारी गरेर नै प्रधानमन्त्रीलाई पुनः शपथ ग्रहण गर्न माग गरेका हुन् । प्रधानमन्त्री पदको शपथग्रहण गर्ने क्रममा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शब्द दोहोर्याउन अस्वीकार गरेका हुँदा जसपाले सार्वजनिकरूपमा नै ध्यानाकर्षण गराएको हो ।
‘२०७८ वैशाख ३१ गते प्रधानमन्त्रीको सपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूर्वक ‘त्यो पर्दैन’ भनेर ग्रहण गरेकाले यसले मुलुकको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ,’ अध्यक्ष यादवको हस्ताक्षरमा जारी वक्तब्यमा उल्लेख छ ।
सरकारले गर्ने राजनीतिक नियुक्तिमा संविधानमा व्यवस्था गरिएको समानुपातिक, समावेशी सिद्धान्त नपनाएको भन्दै त्यसमा पनि आपत्ति ब्यक्त गरेका छन् । जसपाले राजदूत नियुक्तीको विषय पनि उल्लेख गरेका छन् । त्यस्ता नियुक्तिमा सरकारले संविधान र आफ्नै निर्देशिका समेत नपछ्याएको भन्दै आपत्ति जनाएका छन् ।
वर्तमान सरकारले सबै क्षेत्रमा मधेसी, आदिवासी जनजाति, महिला, दलित, थारु लगायतका समुदायहरूको संविधानको व्यवस्था विपरित न्यून प्रतिनिधित्व गराई उपेक्षा र विभेद गरेको भन्दै त्यसमा गम्भीर हुन सबैलाई आग्रह समेत गरेका छन् ।
कोभिड संक्रमण बढि रहेको तर्फ पनि प्रधानमन्त्रीको ध्यान नपुगेको पनि उल्लेख छ । सरकारले स्वास्थ्य सामग्रीको आपतकालीन व्यवस्थान गर्न नसकेको भन्दै त्यसतर्फ ध्यान दिन माग गरेको छन्। अस्पतालमा बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटर र औषधीको समेत अभावले जनता अकाल मृत्युवरण भइरहेको भन्दै त्यसमा ध्यान दिन सरकरालाई आग्रह गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया