सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

अभ्यास खेलमा नेपालले दियो यूएईलाई २७७ रनको लक्ष्य

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअघिको पहिलो अभ्यास खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई २७७ रनको लक्ष्य दिएको छ ।

जिम्बाब्वेको ओल्ड हरारियन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २७६ रन बनायो ।