सांसद हरि ढकालः आँखा अगाडि भएको बेथितिको लज्जाबोध कसलाई हुने ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संसद् भवनको विभेद र बेथितिको बारेमा कुरा उठाएका छन् ।
मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले मित्रराष्ट्र चिन सरकारले बनाइदिएको सांसद भवन सहरी विकास मन्त्रालय अन्तर्गत पर्ने र यही भवनको बेथितिका बारेमा बोल्ने बताएका छन् ।
सदनमा बोल्दै उनले भने, ‘वर्षैपिच्छे सहरी विकास मन्त्रालयबाट छानो चुहिने विषयमा ममर्तससम्भारका लागि बजेट आउने, पानीको समस्या समाधानका लागि डिप बोरिङ खोलिएको रहेछ तर पानी आउँदैन, भुक्तानी भएको रहेछ । संसद् सचिवालयका कर्मचारीलाई खाजा भत्ता आउने चर मर्यादापालक दाजुभाइ दिदी बहिनीहरूको १२ घण्टा ड्युटी हुँदा पनि एक रूपैयाँ भत्ता छैन ।'
उनले सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने भन्दै सभामुखलाई प्रश्न राखे, ‘आँखा अगाडि भएको बेथितिको लज्जा बोध कसलाई हुने ?’

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

प्रतिक्रिया