असारे अलकत्रा : कतै बजेट बनाउन कतै सिध्याउन भ्याइनभ्याइ

मकवानपुर- लामो खडेरीका कारण किसानका लागि असार असार जस्तो बन्न सकेको छैन । मनसुन सुरु नहुँदा पानीको मुल फुट्न सकेका छैनन्, किसानले धानको बिउ राख्न पाएका छैनन् । फलस्वरूप यो वर्षको धान खेतीमा प्रभाव पर्ने देखिन्छ ।
तर, बजेटको खेती गर्नेहरूलाई भने सुक्खा मौसमको प्रभाव छैन । असारमा झरी पर्दा झरीमै विकासे काम गर्ने ठेकेदारहरू यो वर्ष ढुक्कले काम गरिरहेका छन् । उनीहरूलाई बजेट निकासको समयमा काम सकौँ भन्ने मात्रै चिन्ता छ ।
समयमा योजना पास गरेर विकास निर्माण काम विस्तार र दिगो तरिकाले गर्ने परिपाटीको विकास अझै हुन सकेको छैन । असारको अन्त हुँदै गर्दा हतार हतार हुने विकास निर्माणले बजेट सकिने तर विकास झाराे टार्नेमात्रै हुने गरेको छ । स्थानीय, प्रदेश तथा संघीय तहले यस्ता बेथितिको अन्त्यका लागि चासो नदेखाएको प्रति दलहरूसँग सर्वसाधारण समेत रुष्ट हुन थालेका छन् ।
संघ र प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याइसकेको छन् । बजेट माथिको बहस सुरु भइसकेको छ । बजेटलाई अस्वीकार गर्ने र समर्थन गर्नेहरूको कित्ता छुट्टिँदो छ । अब स्थानीय तहले पनि बजेटको तयारीलाई अन्तिम रूप दिँदै आएकाे छ । बागमती प्रदेशको एक मात्रै उपहानगरपालिका हेटौंडाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिसकेको छ ।
मकवानपुर जिल्लाका बाँकी ९ स्थानीय तहहरू यति बेला आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने चटारोमा छन् । स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम स्थानीय तहले अबको ३ दिनभित्र अर्थात १० असारसम्म आगामी आवको नीति तथा कार्यक्रम र बजेट गाउँ तथा नगर सभामा पेस गर्नुपर्छ ।
बजेटमा गत आवको राजस्व र व्ययको यथार्थ विवरण, चालु आवको अन्तिमसम्ममा हुने आम्दानी र खर्चको संशोधित अनुमान तथा आगामी आवको योजना तथा कार्यक्रम र आय व्ययको अनुमानित विवरण समावेश गर्नुपर्छ ।
बजेट पेस गर्दा हरेक स्थानीय तहहरूले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानसहित स्थानीय तहले आन्तरिक राजस्व र आयबाट प्राप्त रकम, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकममा टेकेर बजेट निर्माण गर्नुपर्छ ।
आर्थिक मन्दीका कारण यस वर्ष संघ र प्रदेश सरकारहरूले बजेटको आकार घटाएर सार्वजनिक गरेका छन् । योजना निर्माणका विभिन्न तह पार गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने अन्तिम तयारीमा स्थानीय तह जुटेका हुन् । संघ र र प्रदेशबाट प्राप्त हुने अनुदान घटेर आएपछि र आन्तरिक आम्दानीको स्रोत परिचालन कमजोर हुँदै आएपछि स्थानीय तहहरूले पनि बजेटको आकार घटाएर ल्याउने भएका छन् । स्थानीय तहको आगामी आवको बजेट चालु आवको तुलनामा १० प्रतिशतको हाराहारीमा घट्ने आकलन स्थानीय तहका पदाधिकारीहरूको रहेको छ ।
हेटौंडा उपमहानगरपालिकाले आगामी आवका लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँ बजेट ल्याएको छ । यो चालु आवको बजेटको तुलनामा ११ करोड रुपैयाँले कम हो । स्थानीय तहहरूले यसैगरी बजेट कम ल्याउने अनुमान गरिएको छ ।
यद्यपि बजेटको आकार घटाएर ल्याइए पनि प्राथमिकता दिनुपर्ने क्षेत्रमा पुग्दो बजेटको व्यवस्था गरिने मकवानपुरको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।
स्थानीय तहहरूले बजेट निर्माणका क्रममा राजस्व सम्भाव्यता अध्ययन गरी राजस्व परामर्श समितिले आवश्यक निर्णय लिने, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले कूल बजेट अनुमान, सीमा निर्धारण, बजेट तर्जुमा मार्गदर्शन गर्ने र विषयगत समितिले वडास्तरीय र विषयगत शाखाको योजना तर्जुमा गर्ने, निर्णय र सिफारिससहित बजेट तथा कार्यक्रम तर्जुमा समितिमा सिफारिस गर्ने प्रक्रिया अवलम्बन गर्ने गर्छन् ।
साथै बजेट तथा कार्यक्रम तर्जुमा समितिले आगामी आवको नीति तथा कार्यक्रम र बजेट प्रस्ताव गर्ने, वडा समितिले वडागत योजना पेस गर्ने, गाउँ कार्यपालिका बैठकले बजेट तथा कार्यक्रम तर्जुमा समितिले प्रस्ताव गरेको आगामी आवको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरी पारित गर्ने र अन्त्यमा गाउँ सभामा प्रस्ताव नीति तथा कार्यक्रम र बजेट स्वीकृतिका लागि पेस गर्ने गर्दछ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया