मन्त्रिपरिषद् बैठकमा विश्वासको मत लिनेबारे छलफल
संसद् अधिवेशन आह्वान भएन

काठमाडौँ : मन्त्रिपरिषद बैठकमा विश्वासको मत लिनेबारे छलफल भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने विषयमा कुरा उठाएको तर कहिले लिने भनेर निर्णय नभएको एक मन्त्रीले जानकारी दिए । 'विश्वासको मत लिनेबारे विषय प्रधानमन्त्रीज्यूले उठाउनु भयो । तर कहिले लिने भने निर्णय भएन,' ती मन्त्रीले भने ।
गत बैशाख ३० गते संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन भएपछि पहिलो पटक आज मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानुनी पक्षहरूबारे छलफल भएको ति मन्त्रीले जानकारी दिए ।
आजकझ बैठकले संसदको बजेट अधिवेशन बोलाउने बताइएको थियो । बैठकमा त्यस विषयमा छलफल भएको तर निर्णय नभएको ती मन्त्रीले बताए । संविधान अनुसर १५ जेठमा सरकारले आगामी वर्षको बजेट संसदमा पेश गर्नु पर्छ । त्यस अगाडि संसद्मा प्रिबजेट छलफल, सरकारको नीति तथा कार्यक्रम पेस गर्नुपर्छ ।
२७ बैशाखमा प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिबाट तीन दिनको समय दिएर बहुमतीय सरकार गठनका लागि आह्वान भएको थियो । त्यो समयमा बहुमतको सरकार नबनेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा ठूलो दल नेताका हैसियतमा एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा तेस्रो कार्याकालका लागि अल्पमतको प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । उनले एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्छ ।
_iodjlVg2lU_xm7lpnsqmqvgwyll8jsdg56oskf6pwff06inqp380b1yum0cvhabowj2vfgk_TE0QaGG6R1_jd0czikp5mpd0dpmgudspaijv6njgnbptpfw3um5ped2bfvs41ufpiod6zmz.jpg)
ऊर्जामन्त्री खड्का चीन प्रस्थान

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

प्रतिक्रिया