अर्को सिजन रियल म्याड्रिडको स्वरुप कस्तो होला ?

काठमाडौँ : केही दिनयता जिनेदिन जिदानले रियल म्याड्रिड छाड्ने हल्ला चलिरहेको छ । रियलका पूर्व खेलाडीसमेत रहेका जिदानले सान्टियागो बेर्नाबेउ छाड्दा उनको स्थानमा को ? भन्ने प्रश्न उठेको छ । स्पेनी अखबार एएसले जिदानको स्थानमा मासिमिलियानो एलेग्री नियुक्त हुने सम्भावना रहेको लेखेको छ ।
एलेग्री इटालियन लिगमा सफल भएका प्रशिक्षक हुन् । उनले युभेन्टसलाई पाँच र एसी मिलानलाई एक पटक सिरी ए जिताए । सन् २०१९ मा युभेन्टस छाडेपछि भने एलेग्रीले कुनै क्लबको जिम्मेवारी लिएका छैनन् । यदि उनी रियल गए स्पेनी क्लबमा व्यापक परिवर्तन हुने अपेक्षा गरिएको छ । केही मुख्य खेलाडीले क्लब छाड्नेछन् ।
नयाँ स्वरुपको रियलमा नयाँ प्रशिक्षकका साथै केही नयाँ अनुहार पनि थपिने छन् । सर्जियो रामोस, लुका मोड्रिच र करिम बेन्जेमा रियलका सबैभन्दा पाका खेलाडी हुन् । यी स्टारलाई प्रतिस्थापन गर्न युवा खेलाडी अनुबन्ध गरिने एएसले लेखेको छ । रियलको खरिद सूचीमा किलियान एमबाप्पे, एर्लिङ हालान्ड, एडुवार्डो कामाभिङ्गा र डेभिड अलाबा रहेको बताइएको छ ।
हाल पेरिस सेन्ट जर्मेन (पीएसजी) मा रहेका एमबाप्पेले त्यहाँ सम्झौँता नविकरण गर्न मानिरहेका छैनन् । पीएसजीले फ्रेन्च फरवार्डलाई पेरिसमा राख्न प्रयास गरिरहेको छ । तर सम्झौँता नविकरणमा सहमति नहुने भए एमबाप्पेले आउँदो सरुवा बजारमा पीएसजी छाड्नेछन् । किनभने एमबाप्पेको पीएसजीसँगको सम्झौँता अर्को वर्ष सकिँदैछ । यदि एमबाप्पेको सम्झौँता नविकरण नहुने हो भने पीएसजीले उनलाई अर्को वर्ष विना स्थान्तरण रकम क्लब परिवर्तन गर्न दिनुपर्नेछ ।
हालान्डमाथि पनि रियलको नजर छ । तर नर्वेजियन फरवार्डलाई एमबाप्पेको विकल्पका रुपमा हेरिएको छ । अस्ट्रियन रक्षक अलाबा पनि रियलसँग जाडिँदै आएका छन् । हाल बायर्न म्युनिखमा रहेका अलाबा कयौँ पोजिसनमा खेल्न सक्छन् । उनी जारी सिजनको अन्त्यमा फ्रि-एजेन्ट बन्दैछन् ।
त्यसकारण रियल अलाबालाई स्थान्तरण रकम नतिरी अनुबन्ध गर्नसक्छ । अलाबा फ्रि-एजेन्ट बन्ने भए पनि थोरै क्लबमात्रै उनलाई अनुबन्ध गर्न सक्ने स्थितीमा छन् । कारण ? अलाबाको तलब । अलबाले रियलसँग एक करोड बीस लाख युरो (प्रति वर्ष) तलब मागिरहेको बताइएको छ । उनको माग पूरा गर्नसक्ने धेरै क्लब छैनन् । अलाबा अनुबन्धित भए रियलले रामोसलाई क्लब छाड्न दिने अनुमान गरिएको छ ।
रियलको नजरमा रहेका १८ वर्षीय मिडफिल्डर कामाभिङ्गालाई फ्रेन्च टिमको भविष्य मानिएको छ । १५ वर्षको उमेरमा रेन्सको सिनियर टिममा डेब्यु गरेका कामाभिङ्गा फ्रान्स अण्डर-२१ टोलीको नियमित सदस्य हुन् । उनले पटक पटक च्याम्पियन्स लिग खेल्ने इच्छा प्रकट गरेका छन् । तर उनको क्लब फ्रेन्च लिगको शीर्ष दुई वा तीनमा रहने सम्भावना छैन । त्यसकारण रेन्समै रहे, अर्को सिजन उनले च्याम्पियन्स लिग खेल्न पाउने छैनन् । यस्तो अवस्थामा रियलको प्रस्ताव कामाभिङ्गाले इन्कार गर्ने सम्भावना कम छ ।
फ्रान्सकै अर्का मिडफिल्डर पउल पोग्बा पनि रियलले अनुबन्ध गर्न चाहेको खेलाडी हुन् । पोग्बाले म्यानचेस्टर युनाइटेड छाड्ने निधो गरे उनले युभेन्टस छनौट गर्ने सम्भावना धेरै छ । जिदानले रियल छाड्ने हल्ला चलिरहेकाले पनि पोग्बा रियल जान त्यति इच्छुक नहुने एएसको अनुमान छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया