भूकम्पले लमजुङमा भागाभाग : घर भत्कियो, एक घाइते (तस्बिरहरूसहित)

काठमाडौँ : आज बिहान लमजुङ केन्द्र भएर ५.८ म्याग्नीच्युडको भूकम्पले हालसम्म दर्जनभन्दा बढी घरहरू भत्किएका छन् । भूकम्पले बेशिँसहर नगरपालिका-६ चनौटोको उमा गुरुङ घाइते भएकी छन् । उनलाई बेशिसहरको सामुदाहिक अस्पतालमा उपचारको लागि लगिएको छ ।
लमजुङ मर्स्याङ्दी-३ खुदी तरापुमा बासुदेव खत्रीको घर भत्किएको पत्रकार नविन कुँइकेलले जानकारी दिए । उनका अनुसार मर्स्याङ्दीका पूराना घर र कटेरामा क्षति भएको छ । भूकम्पले सबै भागाभाग भएको उनले बताए ।
राष्ट्रिय भूकम्प मापन केन्द्रकाका अनुसार आज बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको थियो । भूकम्पको धक्का लमजुङलगायत काठमाडौँमा पनि महसुस गरिएको छ । यो भूकम्प २०७२ सालको भूकम्पको पराकम्प हो ।

इश्वर पोख्रेल पक्राउ

डढेलोले एक सय हेक्टर वन नष्ट

फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत

नेपाल प्रहरीका पुर्व आईजीपी राणाको निधन

‘बाँकेको पाँच स्थानीय तहमा दमकल छैनन्’

वैशाख २ गते सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने

आजको मौसमः तुवाँलाे घटदै, काेशी र गण्डकीमा बर्षा हुने

प्रतिक्रिया