सोमबार ०१ बैशाख, २०८२
Monday, April 14, 2025

सात घर भत्किए, तीन घाइते (भूकम्प अपडेट)

पोखरा : बुधबार बिहान लमजुङ केन्द्रविन्दु भएर गएको भूकम्पको क्षति विवरण संकलनमा प्रहरी लागेको छ । जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगा थापाका अनुसार जिल्ला भर ७ घर आंशिक रुपमा भत्केका छन् । तीन जना सामान्य घाइते भएका छन् । बेसिसहर ८ की उमा गुरुङलगायतको घरको एक पाटो भत्किएको छ ।

‘अहिलेसम्म प्राप्त जानकारी अनुसार ७ घर भत्किएका छन्, ३ जना घाइते भएका छन्,’ थापाले इकागजसँग भने । घाइतेको अहिले बेशीसहर अस्पतालमा उपचार भइरहेको छ । 

प्रदेश प्रहरी कार्यालय, गण्डकीका एसएसपी विनोद सिलवालका अनुसार अहिलेसम्म प्रदेशमा क्षति रिपोर्ट पुगेको छैन । कार्यालयमा मौखिक रिपोर्ट आएपनि पूर्ण क्षति विवरण नआएकको उनले बताए । ‘उमा गुरुङ भन्नेको घर भत्क्यो भन्ने बाहेक अन्य आएको छैन,’ उनले भने ।